एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री « Khabarhub

 एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् । यसअघि असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।

पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ६ : ०२ बजे

माङसेबुङमा नि:शुल्क आँखा शिविर

इलाम– माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण (शिविर) आजबाट सुरु

 एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

काठमाडौं– बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’

पाँच दिनमै ‘बाटुलो जुन’को कमाइ ५ करोड ७५ लाख पार, नेपाली बक्स अफिसमा नयाँ रेकर्डको दाबी

काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जुन’ले प्रदर्शनको सुरुआती दिनमै बक्स अफिसमा

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा