अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी : एक लाखभन्दा बढीको क्षति « Khabarhub

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी : एक लाखभन्दा बढीको क्षति


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ । 

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए ।

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो ।

आगलागीबाट धान र पराल गरी करिब रु एक लाख ५१ हजारभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ६ : ५० बजे

बलिउडमा काम माग्दै शरद कपुरको अपिल, सहयोगमा उत्रिए सलमान र सोनु सूद

काठमाडौं– एक समय बलिउडका चर्चित फिल्ममा खलनायक बनेर दर्शकमाझ छाएका

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर

भक्तपुर– गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी : एक लाखभन्दा बढीको क्षति

भद्रपुर– झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा

मथिला क्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउने क्रम बढ्दै

महोत्तरी– बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका

नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

काठमाडौँ– नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’