जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध « Khabarhub

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले उनलाई एनपिएलको प्लेअफ खेलका लागि आज टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । ओपनिङ ब्याटर मन्सेले स्कटल्याण्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तरराष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका छन् । उनी आक्रामक ब्याटिङका लागि परिचित मानिन्छन् ।

सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाएका उनको टी(२० अन्तरराष्ट्रिय ‘करिअर’को विशेष प्रदर्शन हो । त्यस्तै, सन् २०२५ मा सोही टोलीविरुद्ध १९१ रन बनाउँदै मन्सेले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए ।

मन्सेले स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी(२० अन्तरराष्ट्रिय खेल खेलका छन् । एकदिवसीयमा उहाँको नाममा तीन शतक र १९ अर्धशतकसहित दुई हजार ७७७ रन छ । टी(२० अन्तरराष्ट्रियमा तीन शतक र १४ अर्धशतक प्रहार गरेका उनले दुई हजार ५९८ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ पक्ष थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको अनुभवका साथै एनपीएलमा समेत खेलिसकेको अनुभवले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

टोलीमा आबद्ध भएपछि मन्सेले पुनस् नेपालमा खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । गत संस्करणमा नेपालको क्रिकेट वातावरण र समर्थकबाट राम्रो अनुभव बटुलेको उल्लेख गर्दै उनले सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ८ : १७ बजे

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं – स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग

 पासो थापेर वन्यजन्तुको चोरीसिकार

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश

बलिउडमा काम माग्दै शरद कपुरको अपिल, सहयोगमा उत्रिए सलमान र सोनु सूद

काठमाडौं– एक समय बलिउडका चर्चित फिल्ममा खलनायक बनेर दर्शकमाझ छाएका