सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान « Khabarhub

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ ।

सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व रु ३० खर्ब नौ अर्ब ११ करोड पुगेको जनाएको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उक्त कार्यालयले सार्वजनिक ऋणको लागत र वित्तीय जोखिम कम गर्दै ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्दै आएको छ । कूल सार्वजनिक ऋणमा २०८३ साउन १ गतेदेखि प्रथम त्रैमासिकको अवधिमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको उनले जानकारी दिए ।

सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ ।

यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : ०६ बजे

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार,

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं – स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग

 पासो थापेर वन्यजन्तुको चोरीसिकार

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध