गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा « Khabarhub

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन् । यो प्यालेष्टाइनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् ।

उनले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषदको रूपमा वर्णनसमेत गरेका छन् । शान्ति परिषद्को प्रमुखको हैसियतमा उनले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउदै प्यालेष्टाइनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाएका छन् ।

युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेष्टाइनी प्राविधिक समिति गठन भएको केही समयपछि यो घोषणा आएको हो ।

अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागू भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथीका साथै प्यालेष्टाइनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ । अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागू भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : २० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै