चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन « Khabarhub

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् । 

शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे ।

सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए ।

प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको भन्दै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने धारणा राखे । 

कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइ । उक्त ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : १७ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको