६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण « Khabarhub

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा कुल ४७५ वटा विदेशी लगानीका आयोजनाहरू स्वीकृत भएका छन्, जसबाट २० हजार १२२ जना व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको छ ।

विभागका अनुसार पुस महिनामा मात्रै कुल ३६ वटा नयाँ उद्योगका लागि वैदेशिक लगानी स्वीकृत भएको छ । पुस महिनामा प्राप्त भएको कुल लगानी प्रतिबद्धता ५९ करोड ९५ लाख रुपैयाँ रहेको छ । 

पुस महिनामा आएको वैदेशिक लगानी प्रतिबद्धता भने गत आवको सोही महिनाको तुलनामा थोरै हो । गत आवको पुस महिनामा नेपालमा ४ अर्ब ९९ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

क्षेत्रगत आकर्षण : संख्यामा सूचना प्रविधि, लगानीमा कृषि अगाडि

चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्दा परियोजना संख्याको आधारमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा धेरै आकर्षण देखिएको छ भने लगानी रकमका आधारमा कृषि तथा वन पैदावार क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण देखिएको छ ।

समीक्षा अवधिमा कृषि तथा वन पैदावार क्षेत्रका १३ वटा परियोजनामा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ अर्थात् कुल लगानी प्रतिबद्धताको ५६ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, सो अवधिमा पर्यटन क्षेत्रका १४५ वटा परियोजना मार्फत १० अर्ब ५४ करोड २० लाख रुपैयाँ अर्थात् कुल लगानीको २७ प्रतिशत लगानी प्रतिबद्धता आएका छन् । सो अवधिमा सूचना प्रविधि क्षेत्रमा संख्याका आधारमा सबैभन्दा धेरै २५७ वटा परियोजना स्वीकृत भएका छन्, जसको कुल लगानी १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ अर्थात् कुल लगानीको ३ प्रतिशत रहेको छ ।

साथै, समीक्षा अवधिमा सेवा क्षेत्रका ३१ वटा परियोजनामार्फत ३ अर्ब ४६ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रका २७ वटा परियोजनामार्फत २ अर्ब ३ करोड २३ लाख रुपैयाँ र ऊर्जा क्षेत्रमा १ वटा र खनिज क्षेत्रमा १ वटा परियोजनामा लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

चालु आवको अर्धवार्षिक अवधिमा नेपालमा वैदेशिक लगानी गरेका लगानीकर्ताहरूले रोयल्टी र लाभांशबापत १० अर्ब ३३ करोड ४५ लाख ६४ हजार रुपैयाँ रकम फिर्ता लैजाने स्वीकृति विभागबाट लिएका छन् । साथै, सो अवधिमा विभागले १२ सय २९ जना लगानीकर्तालाई भिसा प्रदान गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ०२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००