अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा ! « Khabarhub

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ। अहिलेसम्म दुवैले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। दुवैले आफ्नै शैलीमा निजी विवाह समारोह गर्ने योजना बनाएको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ।

भारतीय मिडियाका रिपोर्टअनुसार, दुवैले भ्यालेन्टाइन्स डेको (१४ फेब्रुअरी) आफ्ना परिवार र नजिकका साथीहरूको उपस्थितिमा निजी विवाह समारोह गर्ने योजना बनाएको दाबी गरिएको छ। यो हल्ला भने नयाँ होइन। सन् २०२५ को अगस्टमा अभिनेता धनुष फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा उपस्थित थिए, जुन फिल्म नायिकामा मृणाल मुख्य भूमिकामा थिइन्।

प्रिमियरको दौरान दुवैको साइड हग र सम्भावित हात समाउने दृश्यले हल्लालाई थप बल पुगेको थियो। मृणालले पछि ओनली कोलिवुडसँगको अन्तरवार्तामा धनुष केवल “राम्रो साथी” मात्र हुन् र प्रिमियरमा धनुषलाइ अजय देवगनले निम्ता दिएको बताएकी थिइन् ।

उनले दुवैलाई जोडिएको हल्लालाई ‘हास्यास्पद’ ठहराएकी थिइन्। तर हाल न्यूज १८ का अनुसार, अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर वास्तवमै डेटिङ गर्दैछन्। यो हल्लाले फ्यानहरूमा भ्यालेन्टाइन्स डेको दिन के विशेष हुनेछ? भन्ने उत्सुकता बढाएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : २८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर