सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणको विजेता « Khabarhub

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणको विजेता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड ‘सिजीले आफ्ना साना घरायसी उपकरणहरूका लागि सञ्चालित ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना अन्तर्गत दोस्रो चरणको  विजेता सार्वजनिक गरेको छ ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत रत्ननगर-१, चितवन निवासी अरबिन श्रेष्ठ विजेता बनेका छन् । श्रेष्ठले चितवनको सौराहा चोक, टाँडी स्थित टाँडी गिफ्ट कर्नरबाट सिजी ब्रान्डको ग्यास चुलो खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

योजनाको निरन्तरता र सहभागिता प्रक्रिया : कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। यो योजनामा सहभागी हुन ग्राहकहरूले सिजिको एसडीए उपकरण खरिद गरेपछि सीजीएसडीए [स्पेस] सिरियल नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरेर ३१००३ मा एसएम पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ११ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल