अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै « Khabarhub

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र निर्वाचित डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्।

विघटित प्रतिनिधि सभाका सांसद सिंहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेको जानकारी दिएका हुन्। उनले माघ ५ गते जनकपुरधाममा हुने रास्वपाको कार्यक्रममा सहभागी भई पार्टी प्रवेश गर्ने घोषणा गरेका छन्।

सिंहले फेसबुकमा लेखेका छन्, ‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु।’

उनले स्वतन्त्र रहँदा देश र मधेशमा भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आवाज अब अझ बुलन्द हुने उल्लेख गरेका छन्। साथै मधेशमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकास चाहने सबैलाई कार्यक्रममा जोडिन आह्वान गरेका छन्।

उनले भने, ‘देश र मधेशको हित चाहने, शिक्षा स्वास्थ्य रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन आह्वान गर्दछु।’ डा. सिंहको रास्वपा प्रवेशले मधेशकेन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ०७ बजे

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी