सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : ४० बजे

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ

घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं– गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार