एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल « Khabarhub

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ। विगन एथलेटिकमाथि आर्सनलले ४–० को जित निकालेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्सनलले पहिलो गोल खेलको ११ औं मिनेटमा गरेको हो। उसका लागि नोनी मादुएकेले पहिलो गोल गरेका हुन्। दोस्रो गोल खेलको १८ औं मिनेटमा गेब्रियल मार्टिनेलीले गरे।

सुरुवातमै दबाबमा परेको विगनका ज्याक हन्टले आत्मघाती गोल थपे भने खेलको ३० औं मिनेटमा ग्रेबियस जेससले टिमका लागि चौथो गोल गर्दै जित निश्चित गरेका हुन्।

पहिलो हाफमा चार गोल गरेको आर्सनलले दोस्रो हाफमा भने गोल गर्न सकेन। यो जितसँगै आर्सनल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ०२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले