विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा « Khabarhub

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक खेल अगाडि नै सुपर आठमा प्रवेश गरेको छ।

१७६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७ ओभर ५ बलमा ११४ रन बनाउँदा सबै विकेट गुमाएको हो। आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा पाकिस्तानमाथि ६१ रनको जित निकाल्दै सुपर आठ प्रवेश गरेको हो। तीन खेलमा तीन जित निकालेको भारतले ६ अंक जोडेको छ।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ती र अक्षर पटेलले समान दुई विकेट लिए। हार्दिक पण्ड्या, कुलदीप यादव र तिलक वर्माले समान एकएक विकेट लिए।

पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए। ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे।

अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए। सदाव खानले १४ र फहिम असरफले १० रन जोडे।

शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए। बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए। कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे। अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो। भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए। इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे।

कप्तान सूर्यकुमार यादवले ३२ रन जोडे। २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे। शिभम दुवेले २७ रन बनाए। तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए। ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भएका थिए। पाकिस्तानका सैम आयुवले तीन विकेट लिए। आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए।

कप्तान सलमान अली आघा, शाहिन साह अफ्रिदी र उसमान तारिकले समान एक विकेट लिए। यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर-८ प्रवेश गरेको छ। तीन खेलबाट ६ अंक बनाएको भारतले यसअघि अमेरिकालाई २९ र नामिबियालाई ९३ रनले पराजित गरेको थियो।

पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर-८ सम्भावना कठिन बनेको छ। अब पाकिस्तानको सुपर-८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ। पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ। नामिबियासँग पराजित भएमा पाकिस्तान रनरेटका आधारमा विश्वकपको सुपर-८ पुग्नबाट बन्चित हुनेछ। पाकिस्तान पराजित भएमा त्यसको फाइदा अमेरिकालाई हुनेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : १७ बजे

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन