के.सी.सी.मा अनेरास्ववियूको आन्दोलन « Khabarhub

के.सी.सी.मा अनेरास्ववियूको आन्दोलन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सी.सी) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ। विद्यार्थीका माग पटक–पटक उठाउँदा पनि बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको कमिटीले जनाएको छ।

अनेरास्ववियूका अनुसार कलेजमा देखिएका विभिन्न शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधारसम्बन्धी समस्याको समाधानका लागि लिखित तथा मौखिक रूपमा पटक–पटक पहल गरिएको थियो। तर प्रशासनले चासो नदेखाएपछि कमिटी र विद्यार्थीहरू संयुक्त रूपमा प्रदर्शनमा उत्रिएका हुन्।

आन्दोलनमा सहभागी विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकेर ‘हाम्रो माग पूरा गर’ र ‘विद्यार्थीमैत्री वातावरण कायम गर’ जस्ता नारा लगाइरहेका छन्। कलेज प्रशासनले माग सम्बोधन गर्नुको साटो प्रहरी बोलाएर आन्दोलन दबाउने प्रयास गरेको आरोप अनेरास्ववियूले लगाएको छ।

क्याम्पस कमिटीका अध्यक्ष रोहन माझीले विद्यार्थीका जायज माग बेवास्ता गर्दै उल्टै दबाब र त्रास सिर्जना गर्न खोजिएको बताए। उनले संवादमार्फत समस्या समाधान गर्न खोजिएको भए पनि प्रशासन गम्भीर नदेखिएको उल्लेख गर्दै माग छिटो सम्बोधन नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए।

विज्ञप्तिअनुसार विद्यार्थीहरूले कलेज पोशाकका नाममा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न, खेलमैदान र पार्किङको उचित व्यवस्था गर्न, वार्षिक खेलकुद कार्यक्रमको बजेट पारदर्शी बनाउन, कक्षाकोठामा एसी जडान गर्न, प्रत्येक भवनको हरेक तलामा शुद्ध पिउने पानीको डिस्पेन्सर राख्न, साउण्ड सिस्टम सुधार गर्न तथा शिक्षक मूल्याङ्कन प्रणाली लागू गरी आवश्यक परे शिक्षक परिवर्तन गर्न माग गरेका छन्।

अनेरास्ववियूले तीन दिनभित्र माग सम्बोधन गर्न प्रशासनलाई लिखित आग्रह गरेको जनाएको छ। तर समयसीमा बितिसक्दा पनि प्रशासन मौन बसेपछि सोमबार बिहानदेखि कलेज प्राङ्गणमा प्लेकार्डसहित प्रदर्शन सुरु गरिएको हो। माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि कमिटीले दिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ४८ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा