‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने « Khabarhub

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने भएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म भारतमा मार्चको दोस्रो साताबाट रिलिज हुने भएको छ ।

इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले भारत रिलिजको जिम्मा लिएको निर्माण पक्षले जानकारी दिएको छ ।

लभस्टोरी जनराको यस फिल्म नेपालमा माघ २३ देखि प्रदर्शनमा आएको छ । सकारात्क प्रतिक्रिया पाए पनि यो फिल्मको व्यापार कमजोर छ ।

चलचित्र विकास बोर्डका अनुसार फागुन २ सम्म यसले १९ लाख ४३ हजारमात्रै ग्रस कलेक्सन गरेको छ ।

इन्फिनिटीका प्रतिनिधिले भने,‘ रमिताको पिरतीले आजको युवाको प्रेमलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’

भारतका कुन सहरमा यो फिल्म प्रदर्शन गर्नेबारे तय भइनसकेको निर्माण पक्षले जनाएको छ ।

सुदिप्ताको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा नायकहरु समीर श्रेष्ठ, धिरज मगर र विनय श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : ३७ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने