सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती « Khabarhub

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ नेपाली सेनाले सिन्धुलीका विभिन्न क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरेको छ।

भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिइएको हो ।

यस प्रकारको मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडकखण्डमा नियमित उपस्थित भएर सुरक्षा निगरानी सुदृढ बनाइरहेका छन्।

सुरक्षा निकायबीच समन्वय कायम गर्दै सञ्चालन गरिएको यस गस्तीले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रिय उपस्थितिबाट निर्वाचन प्रक्रियाप्रति विश्वास र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।

नेपाली सेनाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, आकस्मिक अवस्थाको प्रतिकार्य तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले यस्तो गस्तीलाई तीव्रता दिइएको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २७ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा