पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन « Khabarhub

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको छ । 

स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा तिथि मिति फरक पर्न गएको भन्दै समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको हो ।

समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चाङ्ग तथा क्यालेन्डरहरू सम्बन्धित प्रशासनिक निकायमार्फत जफत गरी कानून बमोजिम कारबाही गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले समितिको गठन आदेश बमोजिम नै  पात्रो वा भितेपात्रो प्रकाशन गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले निर्देशन नै जारी गर्नुपरेको उनले बताए ।

समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन जारी रहने उनले जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : १२ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा