२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव « Khabarhub

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको छ । दिल्ली उच्च अदालतले ९ करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा २.५ करोड रुपैयाँ जम्मा गरेपछि उनलाई जमानत दिएको हो । आज उनले १ करोड ७५ लाख रुपैयाँ बुझाएका छन् भने यसअघि ७५ लाख रुपैयाँ तिर्ने काम गरिसकेका थिए ।

राजपाल यादवले ५ करोड रुपैयाँ ऋण लिएका थिए। तर समयमै रकम नतिर्दा ब्याज, जरिवाना र अन्य शुल्क थपिँदै कुल ९ करोड रुपैयाँ पुगेको हो । बक्यौता तिर्न उनले जारी गरेका केही चेक बाउन्स भएपछि ‘नेगोशिएबल इन्स्ट्रुमेन्ट्स एक्ट’ अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

फेब्रुअरी २, २०२६ मा दिल्ली उच्च अदालतले उनको पटक–पटकको प्रतिबद्धता उल्लंघनलाई गम्भीर मान्दै फेब्रुअरी ४ साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो। त्यसपछि उनी फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा पुगेका थिए ।

राजपाल यादवको सन् २०१२ मा निर्देशन गरेको फिल्म ‘अता पाता लापाता’ बक्स अफिसमा असफल भएपछि आर्थिक दबाब बढेको बताइन्छ। सोही परियोजनासँग जोडिएको ऋण समयमै नतिर्दा अवस्था जटिल बन्दै गएको थियो ।

जेल गएपछि धेरै बलिउड हस्तीहरू उनको साथमा उभिएका छन्। सहयोग गर्नेहरूमा सलमान खान, अजय देवगन, सोनू सूद, प्रियदर्शन, डेभिड धवन, वरुण धवन, गुरमीत चौधरी, मिका सिंह, गुरु रन्धावा, अनुप जलोटा, राव इन्दरजीत सिंह, तेज प्रताप यादव र विजेन्द्र सिंह लगायत रहेका छन्।

हाल राजपाल यादव जमानतमा बाहिर आए पनि बाँकी रकम तिर्नुपर्ने दायित्व अझै बाँकी नै छ। अदालतको सर्तअनुसार आगामी भुक्तानी र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ । ‘भूल भुलैया’, ‘चुप चुप के’, ‘हंगामा’ जस्ता फिल्मबाट दर्शकलाई हँसाउने कलाकार अहिले आफ्नै जीवनको कठिन मोडमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : २४ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय