फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग « Khabarhub

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब ५० वटा फिल्म प्रदर्शनमा आएका छन् ।

व्यापारिक रुपमा यो वर्षका बितेका ११ महिना खासै सुखद रहेन । विशेषतः जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले फिल्म क्षेत्र नराम्ररी प्रभावित भयो ।

यो वर्ष प्रदर्शनमा आएका चार फिल्मले मात्रै बक्स अफिसबाट लगानी उठाउन सफल भए । ९० प्रतिशत बढी फिल्म फ्लप हुँदा पनि केही रोचक घटना भएका छन् ।

बक्स अफिसका हिट फिल्म

यो वर्ष प्रदर्शनमा आएको सबैभन्दा हिट फिल्म ‘परान’ हो । यो फिल्मले १७ करोड ८४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

अर्को फिल्म ‘ऊनको स्वीटर’ले करिब १२ करोड ग्रस कलेक्सन गरेको छ । ‘परान’ नेपाली फिल्म इतिहासमै सबैभन्दा बढी व्यापार गर्ने चौथो फिल्म बनेको छ ।

यी दुवै फिल्मका निर्देशकहरूले डेब्यूमै सफलता हात पारे । तर, स्थापित ब्यानर र निर्देशकहरूको फिल्म यो वर्ष चलेन ।

चर्चित ब्यानरहरु कबड्डी फिल्मस् र बाँसुरी फिल्मसको सहकार्यमा बनेको ‘जारी २’ले ६ करोड मात्रै ग्रस कलेक्सन गर्‍यो । सुपरहिट फिल्मको सिक्वेल ‘जारी २’ पनि यो वर्ष चलेन ।

नायकहरू पल शाह र अनमोल केसीले करिअरकै सबैभन्दा हिट फिल्म यही वर्ष दिए । अनमोलको ‘जेरी अन टप’को व्यापार १२ करोड नाघ्यो ।

पल शाहको फिल्म ‘आबाट आमा’ले १२ करोड ६६ लाखको व्यापार गरेको छ । तर, बढी हिट फिल्म दिने नायक दयाहाङ राई यो वर्ष चुके ।

यो वर्ष उनका सात फिल्म प्रदर्शनमा आए तर, कुनै हिट भएनन् । बक्स अफिसका कीर्तिमानी नायक विजय बरालले पनि यो वर्ष कमाल गर्न सकेनन् ।

गत वर्ष प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ बक्स अफिसबाट साढे ४७ करोडको व्यापार गरेपछि उनी लिड नायकमा स्थापित भए । त्यसपछि उनले धमाधम फिल्म साइन गरे ।

यो वर्ष उनका चार फिल्म प्रदर्शनमा आए, तर सबै फ्लप भए ।

यी चर्चित नायक पनि फ्लप

यो वर्ष सबैभन्दा बढी फिल्म दिने नायकको सूचीमा सौगात मल्ल दोस्रो स्थानमा पर्छन् । पहिलो दयाहाङ हुन् ।

यो वर्ष सौगातको ६ फिल्म प्रदर्शनमा आए । तर, कुनै फिल्मले हलबाट लगानी उठाउन सकेनन् ।

माघ १ मा त यस्तो दृश्य पनि देखियो, जहाँ फिल्म स्टार नभएको फिल्म ‘गोबर गणेश’भन्दा सौगातको फिल्म ‘भाइरल गोर्खे’ र दयाहाङ राईको ‘मिरमिरे’को व्यापार कमजोर थियो ।

टेलिसिरियलका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले सौगात र दयाहाङ जस्ता फिल्म स्टारलाई बक्स अफिसमा पछि पारे ।

पछिल्लो समय फल्प फिल्म दिइरहेका नायक प्रदीप खड्काका लागि पनि यो वर्ष सम्झनलायक रहेन । यो वर्ष उनले फ्लप फिल्म दिन ह्याट्रिक पूरा गरे ।

०८२ को नयाँ वर्ष लक्षित गरी प्रदीपको ‘पिताम्बर’ प्रदर्शनमा आयो । यो फिल्म पनि फ्लप भयो ।

अर्को फिल्म ‘एक्लो’ झन् सुपरफ्लप भयो । यो फिल्मले जम्मा ५० लाख मात्रै ग्रस कलेक्सन गर्‍यो । प्रदीप ‘प्रेम गीत’बाट स्टार बनेपछि सबैभन्दा कमजोर व्यापार गर्ने उनको फिल्म यही हो ।

महानायक राजेश हमालले ८ वर्षपछि ०८२ मै कमब्याक गरे । यो वर्ष उनको दुई फिल्म ‘नरसिंहा : अवतार’ र ‘प्रवासी जीवन’ प्रदर्शनमा आए ।

कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ले २ करोड पनि ग्रस कलेक्सन गर्न सकेन । ‘प्रवासी जीवन’ले डेढ लाख पनि ग्रस कलेक्सन गर्न सकेको छैन ।

गत वर्ष प्रदर्शनमा आएको डेब्यू फिल्म ‘१२ गाउँ’बाट स्टार बनेका नायक समीर भट्टलाई यो वर्ष फापेन ।

पहिलो फिल्मको हिटको रापतापमा समीरले साइन गरेको हाइबजेट फिल्म ‘बलिदान’ बक्स अफिसमा पछारियो । यसले समीरको करिअरलाई नै धक्का लागेको छ ।

यो फिल्मको असफलताले पनि बाहिर ब्यानरको फिल्म खेल्न हच्किएको चर्चा छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ५७ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो