सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास « Khabarhub

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उनले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताए ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि ३० करोड बजेट विनियोजित गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने मन्त्री थापाले बताए ।

पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि निर्माण सुरु भएको उनले जानकारी दिए ।

कार्यक्रममा सूर्यविनायक वडा नम्बर ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिका भित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ३० बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली