दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान « Khabarhub

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको छ।

दुई विमानस्थल नजिक रहेको इन्धन ट्याङ्क आसपासका क्षेत्रमा आगलागी भएपछि उडान अस्थायी रुपमा बन्द गरिएको हो । सिभिल डिफेन्स टोलीले उक्त आगोलाई सफलतापूर्वक नियन्त्रणमा लिएको जनाएको छ।

समाचार अनुसार घटनामा कोही पनि घाइते भएको खबर आएको छैन। यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै दुबई सिभिल एभियशन अथोरिटीले सावधानीका रूपमा विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ।

यसैबीच दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको छ। प्रहरीले सुरक्षा अभियान जारी रहेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न चालकहरूलाई आग्रह गरेको छ।

यसअघि दुबई मिडिया अफिसले विमानस्थल नजिकको इन्धन ट्याङ्क क्षेत्रमा लागेको आगो सिभिल डिफेन्स टोलीले नियन्त्रणमा लिएको जनाएको थियो।

ड्रोन आक्रमणपछि आगलागी भएको घटनाका कारण केही उडानहरूलाई अन्य विमानस्थलतर्फ मोडिएको छ। विमानस्थल व्यवस्थापनका अनुसार ती उडानहरू अल माकतुम इन्टरनेशनल एयरपोर्टतर्फ पठाइएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ४५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको