दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान « Khabarhub

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको छ।

दुई विमानस्थल नजिक रहेको इन्धन ट्याङ्क आसपासका क्षेत्रमा आगलागी भएपछि उडान अस्थायी रुपमा बन्द गरिएको हो । सिभिल डिफेन्स टोलीले उक्त आगोलाई सफलतापूर्वक नियन्त्रणमा लिएको जनाएको छ।

समाचार अनुसार घटनामा कोही पनि घाइते भएको खबर आएको छैन। यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै दुबई सिभिल एभियशन अथोरिटीले सावधानीका रूपमा विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ।

यसैबीच दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको छ। प्रहरीले सुरक्षा अभियान जारी रहेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न चालकहरूलाई आग्रह गरेको छ।

यसअघि दुबई मिडिया अफिसले विमानस्थल नजिकको इन्धन ट्याङ्क क्षेत्रमा लागेको आगो सिभिल डिफेन्स टोलीले नियन्त्रणमा लिएको जनाएको थियो।

ड्रोन आक्रमणपछि आगलागी भएको घटनाका कारण केही उडानहरूलाई अन्य विमानस्थलतर्फ मोडिएको छ। विमानस्थल व्यवस्थापनका अनुसार ती उडानहरू अल माकतुम इन्टरनेशनल एयरपोर्टतर्फ पठाइएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : ४५ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२