युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ « Khabarhub

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री पोस्ट गरेको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जनालाई पक्राउ गरिएको छ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अमेरिका र इजरायलको समर्थनमा भइरहेको युद्धका कारण पश्चिम एसियामा तनाव बढिरहेका बेला यस्तो कारबाही गरिएको हो।

यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल साम्सीले आइतबार नेपाली र भारतीयसहित विभिन्न देशका २५ जनालाई पक्राउ गरी द्रूत सुनुवाइका लागि अदालतमा पेश गर्न आदेश दिएका छन्।

पछिल्लो यस सूचीमा १७ भारतीय पनि छन्। यसअघि शनिबार १० जनालाई पक्राउ आदेश दिइएको थियो, जसमा दुई भारतीय थिए।

अधिकारिहरूले यसअघि नै आफ्नो देशमा काम गर्ने र बस्नेलाई आक्रमण भएका स्थानको भिडियो नखिच्न, अवरोध गरिएका मिसाइलका दृश्य सार्वजनिक नगर्न र पुष्टि नभएको सूचना अनलाइन नफैल्याउन चेतावनी दिएका थिए।

तीन प्रकारका उल्लंघन

यूएईको आधिकारिक समाचार एजेन्सी डब्ल्युएएमका अनुसार अभियुक्तहरू तीन समूहमा विभाजित भएर विभिन्न गतिविधिमा संलग्न रहेको पाइएको छ।

पहिलो समूह: १० जनाले देशको आकाशमार्गबाट गुज्रिरहेका मिसाइल वा अवरोध गरिएका मिसाइलका वास्तविक भिडियो पोस्ट गरेको आरोप छ।

यसका साथै उनीहरूले घटनास्थलमा भेला भएका मानिसहरूको दृश्यमा टिप्पणी र ध्वनि प्रभाव थपेर सक्रिय आक्रमण भइरहेको जस्तो देखाउने प्रयास गरेको बताइएको छ। यस समूहमा पाँच भारतीय, एक पाकिस्तानी, एक नेपाली, दुई फिलिपिनो र एक इजिप्टियन छन्।

दोस्रो समूह: यस समूहका सात जनाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका बनावटी भिडियो पोस्ट गरेको वा विदेशमा भएका घटनाका भिडियो यूएईमा भएको भन्दै गलत दाबी गरेको आरोप छ। यसमा पाँच भारतीय, एक नेपाली र एक बंगलादेशी छन्।

तेस्रो समूह : छ जनाको यो समूहले एक ‘शत्रुतापूर्ण’ राष्ट्रको राजनीतिक र सैन्य नेतृत्वको प्रशंसा गर्दै पोस्ट गरेको आरोप छ। यस समूहमा पाँच भारतीय र एक पाकिस्तानी छन्।

अधिकारिहरूका अनुसार यस्ता कार्य यूएईको कानुनअनुसार अपराध मानिन्छ। दोषी ठहर भए कम्तीमा एक वर्ष कैद र कम्तीमा एक लाख दिरहम जरिवाना हुन सक्ने छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ३ : ५७ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो