धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन « Khabarhub

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक राखेर फिल्म ‘पाँच पाण्डव’को छायाङ्कन सुरू गरिएको छ ।

निर्देशक वसन्त निरौलाले झापाको काँकडभिट्टाबाट सोमबारदेखि फिल्मको छायाङ्कन सुरू गरेका हुन् ।

यस फिल्ममा पाँचजना नायकहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ‘बले’ छन् ।

महिलातर्फ शीर्ष कलाकारको भूमिका दीपाश्री निरौला र जनी गुरुङ छन् ।

गत कात्तिकमा यो फिल्मको निर्माण घोषणा गर्दा हरिवंश, धुर्मुस, जितु नेपाल र सागर पाँच पाण्डवको भूमिकामा देखिने बताइएको थियो ।

तर फिल्म घोषणा भएपछि छोरीको उपचारको कारण देखाउँदै धुर्मुस अमेरिका हान्निए । उनी उतै बस्ने गरी गएको चर्चा फिल्मी वृत्तमा छ ।

उक्त खबर बाहिरिएपछि जनस्तरबाट पैसा उठाएर बनाउन थालिएको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पूरा गर्न नसेककाले धुर्मुस विदेशिको चर्चा चलेको थियो ।

निर्देशक निरौलाले छोरीको उपचार गराएर ‘धुर्मुस’ फर्किएपछि फिल्मको छायाङ्कन सुरू गर्ने बताउँदै आएका थिए ।

धुर्मुस नेपाल फर्किने छनक नदेखिएपछि निरौलाले उनको स्थानमा आर्यनलाई लिएर छायाङ्नमा निस्किएका हुन् ।

काली रानी फिल्मसको ब्यानरमा बन्ने यस फिल्मका लेखक सुशील पौडेल र निर्माता नवीन श्रेष्ठ हुन् ।

४० दिनको छायाङ्कन तालिका लिएर निर्देशक निरौला यतिबेला झापा पुगेका छन् । फिल्मको सबै भाग झापामै छायाङ्कन हुने उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ४० बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको