दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त « Khabarhub

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा गर्ने अभ्यास यो भएन ।

०८२ सालमा ८० प्रतिशतभन्दा बढी फिल्म सुपरफ्लप भएपछि मेकर वर्षको अन्त्यमा हलमा हलमा जान हच्किए ।

विशेषतः मंसिरपछि फिल्महरूको व्यापार कमजोर देखियो । हलमा दर्शन नै जान कम भएपछि फागुन र चैतमा फिल्म व्यापार–संख्यामै ह्रास आयो ।

सोहीकारण यो नयाँ वर्षमा दुई नेपाली फिल्म ‘पहाड’ र ‘राम नाम सत्य’ मात्रै हलमा थिए ।

जेन–जी आन्दोलन, चुनाव र देशको राजनीतिक घटनाले दर्शक फिल्म हेर्ने मुडमा छैनन् भन्दै मेकरले प्रदर्शन मितिपछि सारे । सोहीकारण यो वर्षको सुरुवातमै २० भन्दा बढी फिल्मले प्रदर्शन मिति तोकिसके ।

अहिले दशैँ अगाडिसम्मलाई प्रदर्शन मिति तोक्ने फिल्मको संख्या २० पुगिसक्यो । भदौ १२ रिलिज डेटमा भने तीन मेकरहरूको नजर परेको छ, जसमा दुई नायिकाको डेब्यू निर्माण गरहेको फिल्मले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

नायिकाको भिडन्त

भदौ १२ गते शुक्रबार जनै पूर्णिमाको बिदा छ । १३ गते शनिबार र १४ गते रोपाई जात्राको सार्वजनिक बिदा छ । लगातार तीन सार्वजनिक बिदाको फाइदा उठाउन मेकरको दाउ देखिन्छ ।

यो दाउ छोप्न दुई नायिकाको डेब्यू फिल्म जुध्ने भएको छ । नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ र नायिका नीता ढुंगानाका डेब्यू निर्देशन रहेको फिल्म ‘पार्वती’ एकै मितिमा प्रदर्शनमा आउने तयारी गरेका हुन् ।

यही मितिमा अर्को फिल्म ‘जदौ’ पनि प्रदर्शनमा आउने बताइएको छ ।

‘मास्टर्नी’ र ‘जदौ’ दुवैमा नायिका ऋचा शर्मा शीर्ष भूमिकामा छिन् । अब उनले कता प्रचारका लागि समय दिलिन् ?

भदौसम्म १४ फिल्म

वैशाख १ गते फिल्म ‘पहाड’ प्रदर्शनमा आइसक्यो । यही महिनामा थप चार फिल्मले प्रदर्शन मिति तोकेका छन् ।

सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा शीर्ष भूमिकामा रहेको फिल्म ‘परालको आगो’ वैशाख ११ मा प्रदर्शनमा आउँदै छ ।

गीतमार्फत् प्रचारमा हाइप बनाएको नायिका स्वतस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ वैशाख १८ मा आउने भएको छ ।

यो वर्षको पहिलो बक्स अफिस भिडन्त वैशाख २५ मा हुने देखिन्छ । दुई फिल्म ‘मालती मंगले’ र ‘गुरु आमा’ले उक्त मितिमा हलमा एक साथ लाग्ने भएका हुन् ।

गायक रामकृष्ण ढकालको डेब्यू निर्माण रहेको फिल्म ‘मातली मंगले’मा नायक विजय बराल र वर्षा राउत शीर्ष भूमिकामा छन् । ‘गुरु आमा’मा मिथिला शर्मा शीर्ष भूमिकामा छन् ।

वैशाखमा १ फिल्म प्रदर्शनमा आयो । थप चार फिल्म प्रदर्शनमा आउने तयारीमा देखिन्छन् ।

जेठमा ३ फिल्म

आगमी जेठमा तीन फिल्म प्रदर्शनमा आउने देखिन्छ । आचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’ले जेठको ओपनिङ गर्नेछ । यो जेठ १ मा प्रदर्शनमा आउँदैछ ।

दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर शीर्ष भूमिकामा रहेको फिल्म ‘मितज्यू’ले जेठ ८ गते हलमा लाग्ने भएको छ ।

यही ‘मितज्यू’ जेठ १५ बाट अगाडि सर्दा यस मितिमा ‘रोल नम्बर १’ले सोलो रिलिज पाएको छ ।

अहिलेसम्म जेठमा प्रदर्शन मिति तोक्ने फिल्महरू यिनै हुन् ।

साउन १ मा जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की साइँला’ प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

असार, साउन र भदौ

अहिलेसम्म चल्तीका कुनै पनि मेकरले असारमा फिल्म हलमा लगाउने निर्णय गरेका छैनन् । साउन १ मा जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की साइँला’ प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

भदौका भने चारैवटा रिलिज डेटमा तीन प्याक भइसके । भदौ ६ खाली छ ।

दोस्रो रिलिज डेड भदौ १२ मा तीन फिल्महरू ‘पार्वती’, ‘मास्टर्नी’ र ‘जदौ’ भिड्ने भइहाले ।

भदौ १९ मा केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘स्टेसन’को प्रदर्शनमा आउने घोषणा भएको छ ।

भदौ २५ मा कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने बताइएको छ ।

सम्भवतः रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ पनि भदौ २५ मै आउनेछ । किनभने रेखाले फिल्मको प्रदर्शन मिति तीजलाई तोकिएको छ । भदौ २५ को चार दिनपछि तीज छ ।

दशैँमा कति फिल्म आउँलान् ?

फिल्महरू ‘१२ गाउँ २’, ‘छ माया छपक्कै’, ‘झाँगे दाउ २’, ‘आबाट आमा २’, ‘बाटुलो जुन’ र ‘महाराजधिराज’ दशैँलाई प्रदर्शन मिति तोकेका छन् ।

अहिलेसम्म दशैँलाई मात्रै प्रदर्शन मिति तोक्न फिल्महरूको संख्या ६ पुगिसेकको छ ।

फिल्महरू ‘१२ गाउँ २’, ‘छ माया छपक्कै’, ‘झाँगे दाउ २’, ‘आबाट आमा २’, ‘बाटुलो जुन’ र ‘महाराजधिराज’ दशैँलाई प्रदर्शन मिति तोकेका छन् ।

तीनभन्दा बढी फिल्म एक साथ प्रदर्शनमा आउँदा शो बाँडफाँटमा समस्या हुने हलले बताउँदै आएका छन् ।

सो अवस्थामा केही फिल्मको प्रदर्शन मिति हेरफेर हुन सक्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : ३७ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा