कांग्रेस वैधानिकता विवाद: सुवेदी र निरौलाको इजलासमा सुनुवाइ हुँदै « Khabarhub

कांग्रेस वैधानिकता विवाद: सुवेदी र निरौलाको इजलासमा सुनुवाइ हुँदै

कांग्रेस आधिकारिकताको लडाइँ सर्वोच्चमा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि शेरबहादुर देउवा समूह त्यसका विरुद्ध सर्वोच्च पुगेको थियो । निर्वाचन आयोगले गत फागुन २१ गते थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

बिहीबार न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा यो मुद्दा तेस्रो पटक पेसी चढाइएको हो । यसअघि सर्वोच्च अदालतले यो विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

२०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर वैशाख ३ गतेका लागि तय भएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ११ : २८ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६