स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी « Khabarhub

स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताए । 

स्याउलाई  चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उनको भनाइ छ ।

स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे । 

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।
 
स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरू स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरूलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताए । 

परागतसेचनका लागि हावा र मौरीको भूमिका हुने उनले जनाए । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढङ्गबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ । 

चालु वर्ष छ/सात पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पुर्‍याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रुपमा लिने गरिएको छ । 

जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरूमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्ने गर्छ । अनधिकृत स्याउका हाँगाहरूमा फूल फुलेमा प्राविधिकको रुपमा आवश्यक फूलहरू रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताए । स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम धुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पुर्‍याउने किसान उनको भनाइ छ । स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फुल्न एक साता समय लाग्ने उनको भनाइ छ ।

यहाँका किसानलाई स्याउखेतीमा अनुदानलगायत किसानलाई स्याउखेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायहरूले प्रशिक्षित तुल्याउने गरेको उनले जानकारी दिए  । 

जिल्लामा स्याउखेतीका लागि सम्भावना रहेकाले सरकारले स्याउखेतीका लागि खेर गइरहेका सरकारी बाँझो जग्गालाई भाडाको दायरामा ल्याउने नीति बनाउन आवश्यक रहेको किसान उनी बताउछन् । 

रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरू विदेश पलायन हुने गरेको जनाउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयस्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजस्व सङ्कलन गर्नमा टेवा पुग्ने बताए ।

जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ । रासस

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ११ : ४४ बजे

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल