टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा « Khabarhub

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न  थालेका छन् । 

चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन् । टोलको विकासमा टोलकै नागरिक जिम्मेवार बनाउने उद्देश्यले पालिकाले हरेक टोलमा टोल विकास संस्था गठन गरी संस्थालाई पालिकामा दर्ता गर्ने र विकास निर्माणका कार्यमा उनीहरुको सहभागिता बढाउन थालेको हो । 

टीकापुर –१ ले सडक ग्राभेल र माटो पटानीजस्ता निर्माणका कामको जिम्मा टोल विकास संस्थालाई दिएको छ । निर्माण उपभोक्ता समितिको जिम्मा टोल विकास संस्थालाई दिएर सम्झौता गरी काम अघि बढेको नगरपालिकाले जनाएको छ । 

विगतमा उपभोक्ता समिति गठन गर्ने, उपभोक्ता समितिमार्फत गरेका कामको दिगोपनामा समस्या हुने भएपछि टोल विकास संस्थालाई स्थानीय विकासमा अपनत्व हुने, नियमन गर्न पनि सहज हुने भएकाले निर्माण कार्य गुणस्तरीय हुने ठानेर विकासका कार्यमा सहभागिता गराएको वडा नं १ का शवइन्जिनियर गम्भीरसिंह साउँद बताउँछन् । 

‘पालिकामा कार्यविधि बनाएर विकास निर्माणका कार्यमा जुन टोलमा हुँदैछ, त्यहाँकै टोल विकास संस्थालाई उपभोक्ता समितिको जिम्मा दिन थालेका छौँ’, उनले भने, ‘टोल विकास संस्थाले गरेका काम गुणस्तरीय बन्ने गरेका छन् । टोलकै नागरिकले विकास गर्ने, उनीहरूले नै निगरानी गर्ने भएपछि सहज भएको छ ।’

टीकापुर नगरपालिकामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रम सञ्चालनमा छ । नागरिकका अधिकार सुनिश्चितता र समावेशी सहभागिता प्रवर्द्धन, पारदर्शी र उत्तरदायी शासन प्रणाली प्रवर्द्धन, संस्थागत सुदृढीकरण र स्रोत परिचालनमा टोल विकास संस्थाको क्षमता अभिवृद्धिका लागि नगरपालिकामा पालिका, पालिका र सहकर्मी समाज मिलेर काम गरिरहेका छन् ।

टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमा पालिकामा २०९ पालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् । वडा नं १ मा मात्रै १०८ टोल विकास संस्था छन् । त्यसैगरी ९ वटा वडा सञ्जालसमेत गठन भएका छन् । ‘टोल विकास संस्थाको हरेक महिना बैठक बस्छ, बैठकमा टोलका समस्या, आवश्यकता पहिचान गरिन्छ’, उनी भन्छन्, ‘टोल विकास संस्था योजना निर्माण प्रक्रियामा सहभागी हुने, योजना माग गर्ने र कार्यान्वयन गर्ने कार्यमा सहभागी हुन थालेका छन् ।’

सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीका अनुसार यी संस्थामा १२ हजार ९६२ घरधुरी समेटिएका छन् । ‘टोल विकास संस्थाले विकास, सुशासन र पारदर्शितामा राम्रो अभ्यास गरिरहेका छन्’, उनी भन्छन्, ‘एक सय १४ टोल विकास संस्थाले बैंकमा खाता खोलेर कारोबार गरिरहेका छन् । टोल विकास संस्थामा काम गर्दा महिलाको नेतृत्व विकासमा सघाएको छ । महिलाहरू अहिले आफ्नो ठाउँको विकासका कार्यमा सहभागी हुने, विकास आयोजना माग गर्न थालेका छन् ।’

टोल विकास संस्थाले समूहमा बचत, ऋण लगानीजस्ता कार्य गरिरहेका छन् । पालिकाले टोल विकास संस्थालाई सामुदायिक सहयोगी तालिम, कोष तथा लेखा व्यवस्थापन तालिम दिने गरिएको छ । पालिकाका अनुसार टीकापुरमा आत्मनिर्भर भएका वा आफैँ चल्न सक्ने संस्था ८० छन् भने अन्य संस्थाको क्षमता विकासमा पालिकाले सघाउनुपर्ने छ ।

समुदायमा गठन भएका टोल विकास संस्थाले समस्या विश्लेषण, योजना निर्माण पनि गर्ने गरेका छन् । टोल विकास संस्थाले तीन वर्षमा ९५६ योजना निर्माण गरेका छन् । जसमा  ७७२ योजना कार्यान्वयन भएका छन् । टोल विकास संस्थाले श्रमदानमार्फत रु एक करोड ३० लाख लागत बढीको विकास निर्माणको काम गरेका जैसीको भनाइ छ । 

यसैगरी पालिकाले योजना छनोट गर्दा योजना छनोटका चरणमा सहभागी भएर बस्तीस्तरमा एक हजार ५८४ योजना माग गरेका छन् । जसमा पालिकाबाट १४२ योजना सम्बोधन भएका छन् । यसरी टोल विकास संस्थाले माग गरेका वा टोल विकास संस्था भएका ठाउँमा उपभोक्ता समितिमार्फत गरिने काममा संस्थालाई नै विकासका काम गर्न पालिकाले अवसर दिने गरेको सृजनशील टोल विकास संस्थाका अध्यक्ष गोपाल चौधरीले बताए । 

‘टोल विकास संस्थाले समुदायमा आर्थिक सशक्तीकरण र सामाजिक सहभागितामा सुधार गरेको छ”, चौधरी भन्छन्, ‘टोल विकास संस्थाका सदस्यहरूको सूचनामा पहुँच वृद्धि भएको छ । विकास तथा विपद् व्यवस्थापनमा सहभागिता वृद्धिमा सहयोग भएको छ ।’

टीकापुरमा गठन भएका संस्थाले टोल सरसफाइ, वृक्षारोपण, बाटो संरक्षण, जीविकोपार्जन तथा आयआर्जनका कार्य, वचत गर्ने बानीको विकासमा सहभागिता बढाएका छन् । रासस
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ३२ बजे

सरकारसँग यातायात व्यवसायीको माग : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ

काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि

गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई

पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी

काठमाडौं – ‘कमेडी दरबार’का जजका लागि निर्माण गरेको चरित्रका कारण

‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत, नायिकाहरू सुहाना थापा र

संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)

काठमाडौं– संघीय संसदका १२ वटा समिति सभापतिमा अहिले धमाधम मनोनयन