प्रमुख प्रतिपक्षी कांग्रेसले लेखा समितिको सभापति पाउने, एमाले र नेकपाको पनि समर्थन « Khabarhub

प्रमुख प्रतिपक्षी कांग्रेसले लेखा समितिको सभापति पाउने, एमाले र नेकपाको पनि समर्थन


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापति पद दिने भएको छ।

काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने जानकारी यसअघि नै गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नियमअनुसार सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

प्रमुख प्रतिपक्षीलाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी दिने भएपछि नेपाली कांग्रेसले यो पाउने भएको छ ।

लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ ।

यसैबीच सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समिति सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले यसबारे निर्णय भएको जानकारी दिएका छन् ।

कांग्रेसबाट भीष्मराज आङ्देम्बे, निष्कल राई या अन्य सांसदलाई यो जिम्मेवारी दिन लागेको देखिन्छ।

२०७९ को निर्वाचनपछि नेकपा एमालेबाट ऋषिकेश पोखरेल सार्वजनिक लेखा समिति सभापति थिए।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्दा सत्तापक्षलाई लेखा समिति सभापति दिएको भन्दै आलोचना हुने गरेको थियो।

रास्वपाले उपसभामुख जस्तै श्रमसंस्कृतिलाई नै लेखा समिति सभापति पद दिने सम्भावना पनि रहेको छ। तर यसबारे ठोस छलफल र निर्णय आइसकेको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : ५७ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको