पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी « Khabarhub

पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कमेडी दरबार’का जजका लागि निर्माण गरेको चरित्रका कारण विवादमा फसेपछि हाँस्य कलाकार मनोज गजुरेलले माफी माग्नु परेको छ । 

उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गरी माफी मागेका हुन् । 

मनोज कमेडी दरबारको तेस्रो सिजन घोषणा कार्यक्रममा सहभागी हुँदा महाराजको चरित्रमा देखिएका थिए । त्यही कार्यक्रमको भिडियो र फोटो सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको हो । 

राजावादीहरूले उनको आलोचना गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग हुलिया मिलेपछि उनीहरू चिडिएका छन् । 

हुलिया मिलेकै कारण भएको आलोचनमा मनोज माफी माग्न बाध्य भए । 

उनले कमजोरी भएको स्वीकार गर्दै लेखेका छन्, ‘कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र प्रस्तुत गरिएको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमी–कमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौं ।’

यति मात्रै होइन उनले आगामी दिनमा थप सचेत र जिम्मेवार रहनेसमेत प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : ४१ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर