‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा « Khabarhub

‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत, नायिकाहरू सुहाना थापा र सिर्जना अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ललितपुरको पुलचोकमा बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको यस फिल्मको ट्रेलरको केन्द्रमा प्रकाश र सुहानाको झगडा देखाइएको छ । उनीहरू ट्रेलरमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

सौगात र सिर्जना पनि दम्पतीको भूमिकामै छन् । घर झगडाले प्रकाश र सुहानको दाम्पत्य जीवन बिग्रिएको ट्रेलरमा देखाइएको छ । अर्कोतर्फ, आर्थिक अवस्था कमजो रहेको सौगात र सिर्जनाको दाम्पत्य जीवन सन्तोषपूर्वक चलेको देखाइएको छ । 

ट्रेलरमा दुई दाम्पत्य जोडीको फरक पाटोलाई देखाइएको छ । 

श्रीमान्को दमनबाट पीडित बनेकी सुहानको परिस्थिति भावनात्मक संवेदनशीलतालाई ट्रेलरमा देखाइएको छ । उनका भावनात्मक संवादले फिल्मप्रति दर्शक आकर्षित हुन सक्ने सम्भावना छ । 

ग्रामीण परिवेशका जोडीका कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्म वैशाख ११ बाट प्रदर्शनमा आउँदैछ । 

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा बनको यस फिल्मको निर्माता सुशील पोखरेल हुन् ।  गुरुप्रसाद मैनालीको  ‘नासो’ कथा सङ्ग्रहमा समावेश कथा  ‘परालको आगो’ आधारित भएर यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : ३९ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर