‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा « Khabarhub

‘परालको आगो’को ट्रलेरको केन्द्रमा प्रकाश-सुहानाको झगडा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत, नायिकाहरू सुहाना थापा र सिर्जना अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ललितपुरको पुलचोकमा बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको यस फिल्मको ट्रेलरको केन्द्रमा प्रकाश र सुहानाको झगडा देखाइएको छ । उनीहरू ट्रेलरमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

सौगात र सिर्जना पनि दम्पतीको भूमिकामै छन् । घर झगडाले प्रकाश र सुहानको दाम्पत्य जीवन बिग्रिएको ट्रेलरमा देखाइएको छ । अर्कोतर्फ, आर्थिक अवस्था कमजो रहेको सौगात र सिर्जनाको दाम्पत्य जीवन सन्तोषपूर्वक चलेको देखाइएको छ । 

ट्रेलरमा दुई दाम्पत्य जोडीको फरक पाटोलाई देखाइएको छ । 

श्रीमान्को दमनबाट पीडित बनेकी सुहानको परिस्थिति भावनात्मक संवेदनशीलतालाई ट्रेलरमा देखाइएको छ । उनका भावनात्मक संवादले फिल्मप्रति दर्शक आकर्षित हुन सक्ने सम्भावना छ । 

ग्रामीण परिवेशका जोडीका कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्म वैशाख ११ बाट प्रदर्शनमा आउँदैछ । 

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा बनको यस फिल्मको निर्माता सुशील पोखरेल हुन् ।  गुरुप्रसाद मैनालीको  ‘नासो’ कथा सङ्ग्रहमा समावेश कथा  ‘परालको आगो’ आधारित भएर यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ३९ बजे

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि

नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब