चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने « Khabarhub

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ । 

विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिए। 

‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः००  र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,’ उनले भने, ‘भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ । 

श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्यांक वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ ।

बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीमा तीन दिनअगावै बाढी पूर्वानुमान गरिने विभागले जनाएको छ । 

स–साना नदीमा हुने आकस्मिक बाढीको दुईदेखि ६ घण्टा अगावै सूचना दिने व्यवस्था मिलाइएको र देशव्यापी ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअगावै पूर्वानुमान जारी गरिने विभागको तयारी छ । 

‘जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय तहसम्म पूर्वसूचना पुर्याउन एसएमएस प्रणालीलाई अझ सुदृढ बनाइएको छ । नेपाल टेलिकम र एनसेलमार्फत बाढी प्रभावित क्षेत्रका सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई निःशुल्क सन्देश पठाइनेछ,’ श्रेष्ठले भने, ‘विभागले ११५५ नम्बरको टोल–फ्री सेवामार्फत बाढी ९११५५–२० र मौसम ९११५५–१० सम्बन्धी जानकारी मनसुन अवधिभर चौबिसै घण्टा उपलब्ध गराउने जनाएको छ । साथै, आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल (एक्स र फेसबुक) र इमेलमार्फत पनि बुलेटिन तथा चेतावनी नियमित रूपमा सार्वजनिक गरिनेछ ।’

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई प्राथमिक रूपमा जानकारी गराइने व्यवस्था गरिएको विभागले जनाएको छ । विशेष परिस्थितिमा प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणलाई सचेत गराइने विभागको भनाइ छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : १२ बजे

मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् 

आर्थिक गणनाका लागि खटाइयो गणक

चितवन– आर्थिक गणनाका लागि जिल्लामा १३३ गणक खटिएका छन् ।

अमेरिका-इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका

कृषिमन्त्री चौधरीसँग पोल्ट्री व्यवसायीको छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

स्वर्णिमले भने- सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस् 

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी