आर्थिक गणनाका लागि खटाइयो गणक « Khabarhub

आर्थिक गणनाका लागि खटाइयो गणक


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आर्थिक गणनाका लागि जिल्लामा १३३ गणक खटिएका छन् । आजदेखि स्थलगत तथ्यांक संकलनका लागि गणकहरु खटिएका हुन् । उनीहरूले आगामी असार ७ गतेसम्म स्थलगत गणना गर्नेछन् ।
     
आर्थिक गणना कार्यालयका अनुसार खटिएका गाहकहरू सातै स्थानीय तहमा परिचालन हुनेछन् । कार्यालयकी आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेका अनुसार भरतपुर महानगरपालिकामा ७५ जना, राप्ती र कालिका नगरपालिकामा आठ-आठ जना, रत्ननगर नगरपालिकामा १९ जना, खैरहनी नगरपालिकामा १४ जना खटिएका छन् । 

माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा चार जना गणक खटिएको उनले जानकारी दिए । उनीहरुसँगै १७ जना सुपरीवेक्षकसमेत खटिएका छन् । १८ वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली लिएर गणकहरु घरघर जाने उनले बताए ।
 
आर्थिक गणना २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेका छन् । जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता भएका छैनन् । उनका अनुसार जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषको स्वामित्वमा रहेका छन् । ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको उनले जानकारी दिए ।
 
अहिले सुरु गर्न लागिएको गणनाले कृषि क्षेत्रमा केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिनेछ । आर्थिक गणनाले देशको अर्थतन्त्र व्यवस्थापन गर्न सहज बनाउने उनले बताए।
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ६ : ०३ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि