गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका बालबालिकाको उद्धार « Khabarhub

गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका बालबालिकाको उद्धार


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । 

राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको आज बिहान उद्धार गरिएको हो । 

गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ः०० बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिए। 

उनका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकको लिखित मन्जुरी नलिइ, वडा कार्यालयसँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराइ गैरकानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नं ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो ।

पालिकाका बालकल्याण अधिकारी ओलीको सहजिकरणमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । पन्ध्र जना बालबालिकामध्ये नौ जना बालक र छ जना बालिका रहेका ओलीले जानकारी दिए । तीमध्ये १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका उनको भनाइ छ ।

कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पूरा गरिएनलगायत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : ०१ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर