पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।

कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरेको छ । पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सा खर्चदेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ ।

कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर ९भ्याट० मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । यसले महँगीको मार केही हदसम्म कम गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ ।

त्यसैगरी भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित करलगायतका विभिन्न करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई समाधान गर्न स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको उल्लेख गरिएको छ ।

कांग्रेसले समग्र कर प्रणाली पुनरावलोकन गरी पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १० : ०७ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति