आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित « Khabarhub

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित भएको छ ।

गएराति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

लखनउका लागि मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले । यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रन बनाए ।

चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।

चेन्नईका कार्तिकले शर्माले ४२ बलमा ६ चौका ५ छक्कसहित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, शिवम दुबेले ३२, तथा डेवाल्ड ब्रेभिसले २५ रनको योगदान दिए । लखनउका आकाश सिंहले सबैभन्दा बढी ३ विकेट लिए ।

यो जितपछि पनि अंक तालिकाको अन्तिममै रहेको लखनउको १२ खेलबाट ८ अंक छ । पराजित भएको चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ६ : ५४ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले