एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकामा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ ।

गत निर्वाचनमा पार्टीले नराम्रो नराम्रो पराजय भोगेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढिरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।

पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत नराखेपछि गत वैशाखा २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

बैठक नबस्दा एमालेले चुनावमा भएको पराजयको औपचारिक रुपमा समीक्षा समेत गर्न सकेको छ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चैत १४ गते ओली जेनजी आन्दोलन घटनाको अनुसन्धानका लागि पक्राउ परेका थिए ।

सोही क्रममा पित्तथैलीको शल्यक्रिया गरी आराम गरिरहेका कारण ओली पार्टीका औपचारिक गतिविधिमा निश्क्रिय जस्तै छन् ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ७ : ०६ बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट