विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने « Khabarhub

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

अहिलेसम्मका २५ खेलमा नेपाल ८ मा जित, १५ मा हार तथा दुई खेल अनिर्णितसहित १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट अमेरिका १८ जित र सात हारसहित ३६ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्कटल्याण्ड ३० खेलबाट ३८ अंक जोडेर शीर्ष स्थानमा छ ।

नेपालले आफ्नो तेस्रो जेठ ४ गते स्कटल्याण्डसँग र चौथो खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ७ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका