विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने « Khabarhub

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

अहिलेसम्मका २५ खेलमा नेपाल ८ मा जित, १५ मा हार तथा दुई खेल अनिर्णितसहित १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट अमेरिका १८ जित र सात हारसहित ३६ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्कटल्याण्ड ३० खेलबाट ३८ अंक जोडेर शीर्ष स्थानमा छ ।

नेपालले आफ्नो तेस्रो जेठ ४ गते स्कटल्याण्डसँग र चौथो खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ७ : ३७ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले