अनलाइनमार्फत घरमै नक्सा प्राप्त « Khabarhub

अनलाइनमार्फत घरमै नक्सा प्राप्त


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ ।

नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।

यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिए ।

गत साउन महिनाबाट ‘मेरो कित्ता’ नामको वेव साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको उहाँले जानकारी दिए । यो सेवाले विशेषगरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि यो सेवा निकै उपयोगी रहेको उनको भनाइ छ ।

उनका अनुसार अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराउँदा समय, खर्च र जनशक्ति बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढेको छ । सेवाग्राहीले अब लामो लाइन बस्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने तथा अनावश्यक खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ ।

प्रणालीमार्फत जग्गाको नक्सा लिनका लागि सेवाग्राहीले जिल्ला, स्थानीय तह, वडा नम्बर, कित्ता नम्बरलगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । सो विवरणका आधारमा सम्बन्धित नक्सा तुरुन्तै प्रणालीमा देखिने र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट सेवा विस्तार गरिँदै जाँदा सरकारी कार्यालयमा हुने भीडभाड घट्नुका साथै कर्मचारीको कार्यदक्षता पनि बढ्ने देखिएको छ ।

स्थानीयस्तरमा पनि यस सेवाप्रति चासो बढ्दै गएको छ । प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएका युवा पुस्ताले यो सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । अन्य नागरिकलाई अनलाइन प्रणाली प्रयोगबारे जानकारी गराउनेकार्य भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ८ : ०२ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा