इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

आज बिहान भिल्ला पार्क मैदानमा सम्पन्न खेलमा एस्टन भिल्लाले लिभरपुललाई ४–२ गोलले हराउँदै आगामी च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।

एस्टन भिल्लाका लागि ओली वाट्किन्सले दुई तथा मर्गन रोजर्स र जोन म्याकगिनले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि भर्जिल भान डाइकले दुई गोल फर्काएका थिए ।

यो जितसँगै एस्टन भिल्ला ३७ खेलबाट ६२ अंकका साथ चौथो स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने स्थान सुरक्षित गरेको छ ।

५९ अंकसहित लिभरपुल पाँचौँ स्थानमा रहेको छ। लिभरपुल भने च्याम्पियन्स लिग स्थानका लागि अन्तिम संघर्षमा छ ।

एस्टन भिल्लाले अब प्रिमियर लिगको अन्तिम खेल म्यानचेस्टर सिटीसँग खेल्ने छ । लिभरपुलले घरेलु मैदानमा ब्रेन्टफोर्ड विरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ८ : ५१ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी