तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट « Khabarhub

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य गिरावट आएको छ । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति प्रभावित बनेसँगै लगानीकर्तामा आर्थिक चिन्ता बढ्दा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क अघिल्लो दिन कायम गरेको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ५३७ अंकले ओरालो लागेको छ भने प्रविधिमुखी नास्डाक सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको बताइएको छ ।

पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र वृद्धि भएका प्रविधि कम्पनीहरूको शेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको विश्लेषण गरिएको छ ।

एआई क्षेत्रको अग्रणी कम्पनी मानिएको (NVIDIA) को शेयर मात्रै ४ दशमलव ४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले वृद्धि गरिसकेको थियो ।

त्यस्तै माइक्रोन टेक्नोलोजीको शेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष कम्पनीको शेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि रहेको बताइएको छ ।

विश्लेषकहरूले पछिल्लो समय शेयर बजार अत्यधिक उकालो लागेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्‍याए पनि आगामी दिन चुनौतीपूर्ण हुन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको तनाव लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुजको जलडमरू प्रभावित बनेको छ ।

तेल ट्याङ्करहरूको आवतजावतमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको र त्यसले विश्वव्यापी मुद्रास्फीतिको दबाब बढाएको विश्लेषण गरिएको छ ।

तेल मूल्य वृद्धिसँगै विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १२ : ५८ बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक