जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन « Khabarhub

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व संकलन भएको छ । 

कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका १२५ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र ६८१ अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा रु पाँच करोड ७९ लाख ३० हजार ३०९ राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताए।

आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिँदै अध्यक्ष खनालले कोहलपुर नगरपालिकाबाट रु पाँच करोड २७ लाख ४६ हजार ३१७ र राप्तीसोनारी गाउँपालिकाबाट रु ५१ लाख ८३ हजार ९९२ गरी जम्मा पाँच करोड ७९ लाख ३० हजार ३०९ राजस्व संकललन भएको बताए। 

‘सबैभन्दा धेरै कोहलपुर नगरपालिका वडा नं. १ मा पाँच सय ४० अव्यवस्थित बसोवास र एक सय भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको छ’, उनले भने, ‘राप्तीसोनारी वडा नं ४ मा १४१ अव्यवस्थित बसोवासी र २५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।’

कोहलपुर वडा नं १ मा ११७ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जाका लागि राजस्व बुझाउन सूचना जारी गरिएकामा १०० जनाले मात्र राजस्व रकम दाखिला गरेका थिए । 

यसैगरी, ७२६ अव्यवस्थित बसोवासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा ५४० जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले जानकारी दिए । 

भूमि समस्या समाधान आयोगले बाँकेका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, वैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नापनक्सा जाँच भइरहेका बेला भूमि समस्या समाधान आयोग विघटन भएको हो । 

कोहलपुर नगरपालिकाका १५ वटै वडा, जानकी गाउँपालिकाको ५ नं वडा, बैजनाथ गाउँपालिकाको वडा नं १, ४, ६ र ७, राप्तीसोनारी गाउँपालिकाको २, ३, ४, ५, ७ र ९, खजुरा गाउँपालिकाको वडा नं ४ र ५ मा नापजाँच भइसकेको छ ।
 
बाँकेमा जग्गाधनी प्रमाणपत्रका लागि करिब ६० हजार भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले आवेदन दिएका थिए । हालसम्म ५३ हजार ७०५ जनाको आवेदन प्रणालीमा दर्ता भइसकेको छ । 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १ : ५२ बजे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई