राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक « Khabarhub

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम मे १९-२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ ।

भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ।

पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने र  वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।   

भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन-रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव  कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।

बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्रीहरू प्रदान गरेको कुरा  अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ ।

द्वन्द्वको विषयलाई लिएर रूस माथि लगाएको आर्थिक प्रतिबन्धको बीचमा रूसी जीवाश्म इन्धनको विश्वको शीर्ष खरिदकर्ताको रूपमा, चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको जनाइएको छ ।  

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १ : ५८ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने