‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र « Khabarhub

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा सडक कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालयका इन्जिनियर अनिल बर्देवाले जानकारी दिए ।

बहुवर्षे योजनाअन्तर्गत राखेर सडक स्तरोन्नतिको काम अगाडि बढाइएको र यस वर्ष करिब दुई किलोमिटर सडक कालोपत्र हुने उनले जानकारी दिए । 

गत वर्ष असार मा आरएस हिल जेभीसँग आगामी असार १५ गतेभित्र सडक स्तरोन्नतिसहित कालोपत्रको ढेक्का सम्झौता भएको इन्जिनियर बर्देवाले बताए। हाल सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको उनले बताए।

इन्जिनियर बर्देवाले भने, ‘निर्माण कम्पनीले हाल धमाधम काम गरिरहेको छ, हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, यस पटक सीमित बजेट विनियोजन भएको हुँदा एक किलोमिटर सात सय मिटरमध्ये ८०० मिटरमा प्रि–मिक्स प्रविधिको कालोपत्र गरिनेछ ।’

सडक खुलेको २८ वर्षसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा दुलोले आजित बनाएकामा अब केही राहत मिल्ने भन्दै स्थानीय प्रेम थापाले खुसी व्यक्त गरे। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा तथा सामान ढुवानी गर्नसमेत समस्या हुने गरेकामा अब सहज हुने उनले बताए। 

गाउँपालिकाका अध्यक्ष राजु थापाले सडक स्तरोन्नति नहुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको अवस्था अन्त्यका लागि प्रदेश सरकारसँगको सहकार्यमा सडक कालोपत्र गर्न थालेको बताए। सडकले काठेखोलाका  वडा नं ३, ४ र २ का नागरिकलाई जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडेको छ । 

‘गाउँपालिकाको बजेट सीमित भएकाले यस्ता महत्त्वपूर्ण सडक पनि कालोपत्र गर्न सकिएको छैन । प्रदेश सरकारसँग धेरै पटक माग गरेपछि बजेट परेको हो, हाल केही खण्डमा कालोपत्र सुरु भएको छ । आगामी वर्षसम्म सडक कालोपत्रले पूर्णता पाउनेछ’, अध्यक्ष थापाले भने। 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ४ : ४८ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको