व्यवसायीहरू भन्छन् : यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ « Khabarhub

व्यवसायीहरू भन्छन् : यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन् ।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताएका हुन् ।

कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो चारवर्षे कार्यकालमा नेपालको सार्वजनिक क्षेत्रमा धेरै सुधारका कामहरू भएको बताए । ‘गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासङ्घलाई उचाइमा पु¥याउन सबैको साथ माया पाएँ,’ उनले भने ।

उनले अबको यातायात क्षेत्र ‘मीठो बोली’ र ‘मीठो खाना’मा केन्द्रित हुनुपर्ने बताए । ‘हामीले करोडौँको लगानी गरेका छौँ, एउटा गाडी किन्दा डेढ करोडसम्म पर्छ, तर, अझै पनि हामीलाई ‘गाडीवाला’का रूपमा मात्र हेरिन्छ, अब हामी साँचो अर्थमा व्यवसायी बन्नुपर्छ,’ उनले भने ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आफ्नो नेतृत्वले देशको समग्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसुर बाँकी नराख्ने बताए । उनले दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री यातायातका लागि सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गरे । अध्यक्ष सिटौलाले नेपालको यातायात क्षेत्र अब आधुनिक युगमा प्रवेश गरिसकेको बताए ।

अध्यक्ष सिटौलाले १३ खर्ब लगानी र पाँच लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको सार्वजनिक यातायातलाई अगाडि बढाउन आफू दृढताका साथ लाग्ने उल्लेख गरे । महासङ्घका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यातायात क्षेत्रमा रहेका पुराना प्रवृत्तिलाई त्यागेर २१औँ शताब्दी सुहाउँदो सेवा प्रवाह गर्नुपर्ने बताएका थिए ।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिका सञ्चालक नवराज आचार्यले धराशयी बन्दै गएको नेपालको सार्वजनिक यातायालाई अगाडि बढाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष स्वाँर र नवनिर्वाचित अध्यक्ष सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ९ : ०१ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु