चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा « Khabarhub

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

सानो देशको ठूलो धमाका : बलियो स्पेनलाई रोक्दै केप भर्डले रच्यो इतिहास


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका लेन्स केप भर्डका गोलकिपर बोजिन्हातर्फ तेर्सिए । उपाधिको बलियो दाबेदार मानिएको युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सफलता हात पारेपछि ४० वर्षीय बोजिन्हाका आँखाबाट आँसु थामिएका थिएनन् ।

स्टेडियममा उपस्थित हजारौं केप भर्डका समर्थक खुसीले नाच्न र अगाँलो हाल्न थाले भने मैदानमा खेलाडीले एकअर्कालाई समातेर खुसीयाली मनाए । प्रतियोगितामा ‘अन्डरडग’ मानिएको टोलीले विश्वकपको डेब्यु खेलमै बलियो स्पेनविरुद्ध वीरतापूर्ण खेल देखाउँदै इतिहासमा सबैभन्दा अविस्मरणीय नतिजा निकालेको हो ।

खेलपछि ‘प्लेयर अफ द म्याच’ घोषित बोजिन्हा भावुक हुँदै भने, “म मेरा हजुरबुबा–हजुरआमालाई सम्झेर रोएँ, जसले मलाई हुर्काउनुभयो । दुर्भाग्यवश, यो ऐतिहासिक क्षण हेर्न उहाँहरू हुनुहुन्न । आमा पनि भिसा र खर्चको अभावका कारण समयमै यहाँ आउन पाउनुभएन ।” उनले टोलीको एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताउँदै थपे, “हामी यहाँ विश्वकपको मजा लिन मात्र आएका होइनौं, आफ्नो देशका लागि लड्न र प्रतिस्पर्धा गर्न आएका हौं ।”

जोसिमार डियासको नामले चिनिने बोजिन्हाले ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् । उनी विश्वकपको डेब्यु खेल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् । उनले आइतबार मात्रै कुराकाओका इलोय रुमले राखेको कीर्तिमान भंग गरेका हुन् । समग्र विश्वकप इतिहासमा भने इजिप्टका एसाम एल हडारी मात्र डेब्यु गर्दा उनीभन्दा बढी उमेरका थिए ।

२५ वर्षको उमेरमा सन् २०१२ देखि मात्र व्यावसायिक फुटबल सुरु गरेका बोजिन्हाले अनेकौं हिलो–मैलो र हन्डर खाएर यहाँसम्मको यात्रा तय गरेका हुन् । अफ्रिकी महादेशको पश्चिम तटबाट झन्डै ६ सय किलोमिटर टाढा रहेको सानो टापु देश केप भर्डमा फुटबलको पूर्वाधार र अवसर निकै सीमित छन् । उचाइ सानो भएकै कारण सुरुवाती दिनमा टापुको उत्कृष्ट किपर हुँदाहुँदै पनि उनी छनोटमा पर्दैनथे । पछि अवसरको खोजीमा पोर्चुगल पुगेका उनले स्लोभाकिया, एङ्गोला, माल्डोभा र साइप्रसका क्लबबाट व्यावसायिक फुटबल खेले । हाल उनी पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेस आबद्ध छन् ।

स्पेनको लगातारको आक्रमणविरुद्ध चट्टान बनेर उभिएका बोजिन्हाले खेलभरि ७ वटा उत्कृष्ट बचाउ (सेभ) गरे । विश्वकप इतिहासमा ४० वर्षभन्दा बढी उमेरमा योभन्दा धेरै सेभ गर्ने कीर्तिमान बफादार उत्तरी आयरल्यान्डका प्याट जेनिङ्सको नाममा मात्र छ ।

खेल अवधिभर केप भर्डका डिफेन्डर र गोलकिपर बोजिन्हाले देखाएको एकाग्रता र सन्तुलनको विश्वभरका फुटबल विश्लेषकले प्रशंसा गरेका छन् । खेल सकिएलगत्तै सामाजिक सञ्जालमा समेत भाइरल बनेका बोजिन्हाको इन्स्टाग्राम फलोअर्स खेल सकिएको केही घण्टामै ५० हजारबाट बढेर १५ लाख नाघेको छ ।

करिब साढे ५ लाख मात्र जनसंख्या भएको केप भर्ड विश्वकपमा छनोट हुने इतिहासकै तेस्रो सानो राष्ट्र हो । आकारमा बेलायतको शेफिल्ड सहर जत्रो सानो टापु देशले आफ्नो पहिलो खेलमै विश्व फुटबलका स्पेनलाई स्तब्ध पार्दै सबैको मन जित्न सफल भएको हो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ६ : २५ बजे

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै