निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू) « Khabarhub

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ । हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ । यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन ।

पटक–पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अर्यालले असार १ गते निर्माणाधीन संसद् हलको निरीक्षण गरेका थिए । संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । साथै, समयमै काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएका थिए।

निरीक्षणका क्रममा उनले सहरी विकास मन्त्री र सचिवलाई तत्काल काम सक्न निर्देशन दिँदै भनेका थिए, ‘रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्‍याउनुपर्‍यो। बहाना बनाइरहनुभएको छ। यो हामीमाथिको मात्र होइन, राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो ।’

निर्माण कार्य पूरा नभएकाले प्रतिनिधि सभाको बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद्का बैठक नियमित रूपमा यहीँ सञ्चालन गर्ने तयारी गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र