राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् । 

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीले युरोलोजी सेवा स्थानीयस्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुसी भएको बताए। 

यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ । 

प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा सुशील खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया अहिले सञ्चालनमा ल्याएपछि सेवाग्राही सन्तुष्ट भएका हुन् । हाल ओपिडी सेवामार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् ।

प्रतिष्ठानको तथ्यांकअनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रियासमेत भएको छ । सोही अवधिमा युरोलोजीतर्फ ५०५ जना बिरामीले ओपिडी सेवा पाएको डा खनियाँले बताए। युरोलोजी सेवाअन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ५० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६