मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क « Khabarhub

मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

कान्सास सिटी– डिफेन्डिङ विश्व विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मंगलबार राति अल्जेरियाविरुद्ध उत्रिनुअघि टिम शान्त रहेको बताएका छन्।

२०२६ विश्वकपको पहिलो खेलमा चोटबाट फर्किएका स्टार खेलाडीहरू समयमै उपलब्ध भएका उनले बताएका छन् ।

स्कालोनीले सोमबार भने, ‘यो केवल फुटबलको खेल हो। हामी शान्त छौं। अघिल्लो विश्वकपको अनुभव छ। पहिलो खेल महत्वपूर्ण छ तर यसले सबै कुरा टुंगिदैन। हामी राम्रो अवस्थामा छौं। अल्जेरिया राम्रो टिम हो तर हामी शान्त छौं।’

प्रशिक्षक स्कालोनीले लियोनेल मेस्सी, इमिलियानो मार्टिनेज र जुलियन अल्भारेज मंगलबार (अमेरिकी समयअनुसार) को खेलका लागि उपलब्ध रहेको पुष्टि गरे।
मेसी ह्यामस्ट्रिङ चोटबाट, अल्भारेज एङ्कल चोटबाट र गोलकिपर मार्टिनेज औंलाको फ्र्याक्चरबाट गुज्रिए पनि टिमका लागि अब फिट भएका छन्।

‘सबैले लियो मेस्सीलाई मैदानमा खेलिरहेको देख्न चाहन्छन्। उनी सबैलाई उत्तेजित बनाउँछन्,’ स्कालोनीले भने, ‘मेसी सधैं हाम्रा लागि महान् रहँदै आएका छन्, अहिले झन् बढी। उनी राम्रो अवस्थामा छन्।’

इमिलियानो मार्टिनेज र जुलियन अल्भारेज पनि पूर्ण रूपमा फिट रहेको जानकारी दिँदै उनले दुवैजना खेल्न सक्ने अवस्थामा रहेको बताए।

स्कालोनीले सोमबारको प्रशिक्षणपछि २६ खेलाडीको टिमबाट शुरुआती ११ को घोषणा गर्ने छन्। निकोलास टाग्लियाफिको मात्रै अनुगमन गर्नुपर्ने अवस्था रहेको उनले बताए। अन्य सबै खेलाडी उपलब्ध रहेका उनले खुलाए ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले मेस्सीलाई पहिलो विश्वकप खेलमा उतार्ने निर्णय गरेको छ। मेस्सी उक्त खेलका लागि पूर्ण रुपमा उपलब्ध रहेकको पनि टाइसीले रिपोर्ट गरेको छ।

अर्जेन्टिनाले नेपाली समयअनुसार बुधबार बिहान अल्जेरियासँग खेल्ने छ । त्यसपछि अस्ट्रिया र जोर्डनसँग समूह चरणका खेलहरू हुने छन्।

प्रशिक्षक स्कालोनीले पनि अर्जेन्टिना टिमको मनोबल उच्च रहेको खुलाए । उनले उपाधि रक्षाका लागि सबै खेलाडी विश्वकपमा आएका पनि बताएका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ४३ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका