मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट « Khabarhub

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च अदालत पुगेका छन् । 

पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले आफूहरूलाई मौका समेत नदिई नेपाल पौडी संघले आफूखुसी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएका हुन् । 

नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरिएको रिटमा अदालतले असार ३ गतेका लागि छलफलमा समेत बोलाएको पौडी खेलाडी मेधावी केसीले जानकारी दिइन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरूले संघद्वारा सञ्चालन गरिएको आयची नागोया एसियाली खेलकुद २०२६ को प्रारम्भिक छनोट प्रक्रिया सम्बन्धमा गम्भीर असन्तुष्टि रहेकाले अदालत जानुपरेको जनाएका छन् ।

हाल सम्पन्न प्रारम्भिक छनोट प्रक्रियामा अपनाइएका केही निर्णयहरू, मूल्याङ्कनका आधारहरू तथा छनोटको समग्र प्रक्रियाले धेरै खेलाडीहरूमा प्रश्न उठाएको अवस्था रहेको खेलाडी केसीले बताइन् । 

नेपालको पौडी खेलको विकास, खेलाडीहरूको हकहितको संरक्षण तथा भविष्यमा अझ निष्पक्ष र विश्वसनीय छनोट प्रणाली सुनिश्चित गर्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ ।

त्यस्तै पौडी खेलाडी इर्भिन श्रेष्ठले एशियाली खेलकुदको पौडी खेलाडी छनौट व्यवहारिक नभएको गुनासो गरे ।
 

एशियाली खेलकुदको पौडी खेलाडी छनौट जारी रहँदा प्रतिस्पर्धाकोबीचमा छनोटको मापदण्ड र नियम परिवर्तनप्रति उनीहरूले असहमति जनाएका छन् । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : २१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार